|

लुम्बिनी : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आर्थिक रुपमा सबल रहेका दुई छिमेकी देश भारत र चीनसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको बताएका छन्।

नेपाल दुई ठूला छिमेकी भारत र चीनबीचको पक्की पुल बन्न चाहेकोसमेत उनले बताए । 

भारतीय दूतावास काठमाडौँले बुद्धजन्मस्थल लुम्बिनीमा आज आयोजना गरेको भारत नेपाल सांस्कृतिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले नेपाल गौतबुद्ध र सगरमाथासँगै सीता र भृकुटीको देश भएको बताए।

उनले भारतीय दूतावासले लुम्बिनीमा गरेको सांस्कृतिक कार्यक्रमले नेपाल र भारतबीचको इतिहासदेखिको सम्बन्ध थप प्रगाढ र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण बनेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.