|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। बैठक दिउँसो सवा १२ बजे पार्टी कार्यालय सानेपामा बस्ने पार्टी कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प सम्बन्धमा र समसामयिक राजनीतिक सम्बन्धमा छलफल हुने पौडेलले बताए।  बैठकमा आगामी पुस १६ देखि हुने भनिएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुनेछ। 

पार्टी सभापति शेरबहादुर देउवाले आन्तरिक तयारी नपुगेको भन्दै महासमिति बैठक फागुनमा सार्ने प्रस्ताव गरेका छन्।  यस्तै आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धन र पार्टीको आन्तरिक भागबण्डाबारे पनि छलफल हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.