|

गत वर्षको बाढीबाट प्रभावित पाकिस्तानको सिन्ध प्रान्तका अधिकांश परिवार अझै पनि सरकारबाट राहतको पर्खाइमा  रहेका छन् । उनीहरु धेरै घरबारविहीन बस्न बाध्य भएका छन्।

पाकिस्तानको दक्षिणपूर्वी प्रान्त सिन्ध सन् २०२२ को बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक थियो।

समाचारहरूमा जनाइएअनुसार प्रदेशभरका २१ लाख पीडितमध्ये करिब ३ लाखलाई मात्रै रकम दिइएको छ भने चौथो किस्ता भने कुनै पनि पीडितलाई निकासा भएको छैन।

विवरणका अनुसार सिन्ध प्रान्तमा बाढीका कारण लाखौं मानिसको घर र भौतिक संरचना ध्वस्त भएका छन्।

विश्व बैंक र संघीय सरकारको सहयोगमा सिन्ध सरकारले २० लाखभन्दा बढी बाढीपीडितका लागि घर बनाउन चार किस्तामा ३ लाख पाकिस्तानी रुपैयाँ उपलब्ध गराउने कार्यक्रम सुरु गरेको थियो तर सरकारको लापरबाहीका कारण सम्बन्धित विभागले उक्त कार्यक्रम असफलताको जस्तै भएको छ।

समाचारअनुसार सिन्ध प्रान्तमा ७५ हजार पाकिस्तानी रुपैयाँको पहिलो किस्ता २ लाख पीडितलाई, दोस्रो किस्ता करिब ७० हजार पीडितलाई, तेस्रो किस्ता १५ हजार पीडितलाई मात्र र चौथो किस्ता अझै जारी गरिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.