|

काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्तले सेनाले आफ्नो लागि चाहिने न्यूनतम गोलीगट्ठा र बारुद उत्पादन गर्न नसक्नुको कारण माग गरेका छन्।

बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था र सुशासन समितिको बैठकमा बोल्दै उहाँले नेपाली सेनाले बिष्फोटक पदार्थ पनि छिमेकी देशको भर पर्नुपर्ने नेपाली सेनाको अवस्था हो? भन्दै प्रश्न गरेका हुन्।

उनले ढुंगा फोड्न पड्काउन, अरुको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए। उनले बाटो बनाउन पनि छिमेकीबाट बारुद आएन भनेर बस्नुपर्ने अवस्था तोड्नको लागि हाम्रो सैनिक नेतृत्वले कति प्रयत्न गरेको छ? भन्दै प्रश्न गरे।

उनले भने, ‘मित्र राष्ट्र भारतबाट बिष्फोटक पदार्थको आयात आपूर्ति हुन नसकेको, मित्र राष्ट्र चीनबाट बिष्फोटक पदार्थको आयात हाल आपूर्ति सुचारु रहेको र यसले एउटा सेन्सेटिभ बनाएको छ। हाम्रो त यही सेना हो, यो सेनाले आफ्नो लागि चाहिने न्युनतम गोलीगट्ठा र बारुद पनि अहिलेसम्म आफूले उत्पादन गर्न सक्दैन? अहिलेसम्म हाम्रो भौतिक योजना ढुंगा फोड्न पड्काउन, अरुको मुख हेरेर ताक्नुपर्ने हो? त्यो अवस्था हो भने भोलि हामी साँच्चै शान्तिप्रिय देश छौँ जानु नपर्ला।

कुनैबेला वारमा जानुपरे कति दिन थेग्छौँ हामीले हाम्रो गोली गट्ठाले। देश आत्मनिर्भर हुनुपर्दैन आफ्नो रक्षामा? जाबो बाटो बनाउन पनि छिमेकीबाट बारुद आएन भनेर बस्नुपर्ने अवस्था तोड्नको लागि हाम्रो सैनिक नेतृत्वले कति प्रयत्न गरेको छ?’

सांसद पन्तले कुनैबेला युद्धका लागि तयार हुनुपर्ने भए कति दिनसम्म नेपाली सेनाले थेग्छ? भन्दै प्रश्न गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.