|

काठमाडौँ : विभागीय टोलीको एपीएफ क्लब र बागमती प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ।

मूलपानी क्रिकेट मैदानमा बिहीवार भएको खेलमा एपीएफले साविक विजेता सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हरायो। त्रिवि मैदान कीर्तिपुरमा भएको अर्को खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई २८ रनले हरायो।

जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले १६ ओभर १ बलमा १ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो। एपीएफको जितमा ओपनर ज्योति पाण्डेले सर्वाधिक ४९ रन बनाइन्। 

इन्दु बर्माले अविजित ३१ र सीता रानामगरले ४ रन बनाइन्। बलिङमा सुदूरपश्चिमकी ईश्वरी विष्टले १ विकेट लिइन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८७ रन बनाएको थियो। 

सुदूरपश्चिमका लागि कविता जोशीले २२ रन र सम्झना खड्काले १२ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यस्तै त्रिवि मैदानमा जितको लागि ११८ रनको लक्ष्य पछ्याएको मधेश प्रदेशले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ८९ रनमात्र बनायो। 

मधेशको लागि पूजा महतोले ३५ रन‚ ओपनर अनुराधा चौधरीले २१ र प्रतिमा शाहले १४ रन बनाइन्। 

बलिङमा बागमतीकी अश्मिना कर्माचार्यले २ विकेट र मनीषा उपाध्यायले १ विकेट लिए। 

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ११७ रन बनाएको थियो।

बागमतीको जितमा मध्यक्रमकी ब्याटर यसोदा विष्टले ४७ रन र अश्मिना कर्माचार्यले ३० र ओपनर हेलिसा गुरुङले १२ रन बनाए।

बलिङमा मधेशका लागि पूजा महतोले २ विकेट र कविता गौतमले १ विकेट लिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.