|

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधान प्रदत्त अधिकार केन्द्रले हस्तान्तरण नगरे संघर्षमा उत्रिने चेतावनी दिएका छन्।

सुनसरीको भोक्राहा नर्सिङमा निर्माण गरिएको ४०० केभिएको विद्युत् प्राधिकरणको सबस्टेशन उद्घाटन समारोहमा  बोल्दै  मुख्यमन्त्री कार्कीले प्रधानमन्त्रीलाई यस्तो  चेतावनी दिएका हुन्।​

´संविधानमा पाएको अधिकार हस्तान्तरण गरी तीनै तहको सरकारलाई सहकार्यका साथ काम गर्ने वातावरण बनाइदिन प्रधानमन्त्रीलाई आग्रह छ’‚ उनले भने, ´अधिकार हस्तान्तरण नगरे सदन र सडकबाट संघर्ष गर्छु।`

‘विद्युत्‌कै कुरा गर्दा संविधानले तोकेको २५ मेगावाटसम्मको विद्युत्‌ प्रदेशले नै उत्पादन गर्न सक्ने र लाइसेन्स दिन सक्ने अधिकार छ। त्यो हामीले पाउनु पर्नेछ’‚ उनले भने, 'त्यसका लागि संघीय सरकार र संघीय संसद्‌सँग सहकार्य र संघर्ष दुबै गर्नु पर्नेछ।'​

सबस्टेशन उद्घाटनपछि कोशी प्रदेशमा रहेका उद्योग तथा व्यवसायीको उत्पादनमा ढुक्क हुने अवस्था आएको मुख्यमन्त्री कार्कीले बताए। निजी क्षेत्रलाई उत्पादनमा अग्र स्थानमा राख्न सके विकासको गति बढ्ने बताउँदै कोशी सरकारले निजी क्षेत्रलाई सहकार्य मात्रै नभई अभिन्न अंगको रूपमा लिएको मुख्यमन्त्री कार्कीले बताए।

'निजी क्षेत्रलाई सरकारको अभिन्न अंगका रूपमा लियौँ भने मात्र दिगो विकास सम्भव छ'‚ उनले भने‚ ‘शिक्षा स्वास्थ्य तथा उत्पादका हिसाबले सरकार पनि अघि बढ्नुपर्छ भनेर हामीले पनि सुरुवात गरिसकेका छौँ।'

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको सबस्टेशनको प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले गरेका हुन्। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सभापतित्वमा भएको कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत लगायत उपस्थित थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.