|

काठमाडौं : सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको छ। चार वर्षअघि पुस सातगते गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त भएका डा अधिकारीको कार्यकाल शुक्रबारबाट सकिएको हो। 

उनको कार्यकाल सकिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ निर्देशको नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ। मन्त्रालय स्रोतका अनुसार स्वास्थ्यमन्त्री बस्नेतले शुक्रबार नै गंगालालमा नयाँ निर्देशकको नियुक्तिको प्रक्रिया अगाडि बढाएका हुन्। 

गंगालालको नयाँ निर्देशको लागि मन्त्री बस्नेतले केन्द्रमा नै कार्यरत मुटुरोग विशेषज्ञ डा रवि मल्ल र डा अरुण मास्केमध्ये एकलाई निर्देशकको रूपमा नियुक्त गर्ने तयारी गरेको बताइएको छ। मन्त्रलाय स्रोतले भन्‍यो, 'शुक्रबार नै निर्देशको नियुक्तिको प्रकृया अगाडि बढाइएको छ। डा रवि मल्ल र डा अरुण मास्केमध्ये एकलाई निर्देशक नियुक्त गर्ने तयारी छ। आज शनिबार भयो अब भोलितिर निर्णय हुन्छ होला।'

यता, केन्द्रमा नयाँ निर्देशक नियुक्त गर्ने समयमा त्यहीँ कार्यरत अर्का वरिष्ठ मुटुरोग विशेषज्ञ डा रामेश कोइरलाले भने राजीनामा दिने घोषणा गरेका छन्। 
सामाजिक सञ्जालमार्फत उनले राजीनामा दिने घोषणा गरेको बताएका हुन्। ‘देशमा स्वास्थ्य र शिक्षा सरकारको दायित्व हो भन्ने म मन नपरीकन पनि कसोकसो सरकारीबाट राजीनामातिर पुग्दै छु। मेरो भान्साबारे चिन्तै गरेर दण्डवतको हैसियतमा त छुइँन नै। सरी गंगालाल र धन्यवाद भाउजू ! जय नेपाल !’

उनले एक्समा लेखेका छन्।

यसअघि गगन थापा स्वास्थ्यमन्त्री भएको समयमा उनको सल्लाकार रहेका डा कोइरला यसअघि पनि केन्द्रको निर्देशको दाबेदार रहेका थिए। अघिल्लोपटक नै गंगालालमा जिम्मेवारी पाउने आशामा रहेका उनले यसपटक पनि केन्द्रको निर्देशक बन्ने सम्भावना कम रहेको मन्त्रालय स्रोतले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.