|

काठमाडौं :  किराती समुदायहरूको महान् पर्व उँधौली सुरू भएको छ। आजदेखि किराती समुदायले भव्यताका साथ यो मनाउने गर्छन्।

आज हात्तीवनमा रहेको मन्दिरमा प्रकृतिको पूजा गर्दै यो पर्व मनाएका छन्।  यस्तै,गोकर्ण लगायत विभिन्न ठाउँहरूमा यो पर्व धुमधामका साथ मनाएका छन्।

किरात राई यायोक्खाका अनुसार पुस २१ गते पनि टुँडिखेलमा साकेला नाच प्रदर्शन हुने छ। किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो कुलदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलष्याँदर, राईले साकेला र लिम्बूहरूले चासोक तङ्नामको रुपमा मनाउने गर्दछन्। किरात समुदायले बाली लगाउने बेलामा उभौली पर्व मनाइने प्रचलन छ। 

किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राई भन्छन्,‘उभौलीमा खेतीपाती राम्रो होस् भन् पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला ९भूमे० लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वास छ,दुवै पर्वलाई किराती समुदायहरूले भव्य रूपमा मनाउँछन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.