|

काठमाडौँ : नेपाल प्रहरीले केकभित्र गाँजा राखेर बेचेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले केकमा गाँजा मिसाइ अनलाइनमार्फत कारोबार गरेको आरोपमा काठमाडौँ महानगरपालिका वडा नं २९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरी आज (आइतवार) सार्वजनिक गरेको हो।

ब्यूरोका प्रवक्ता रहेका प्रहरी उपरीक्षक चक्रराज जोशीले केकभित्र गाँजा राखेर अनलाइनमार्फत कारोबार गरेको आरोपमा मानन्धरलाई पक्राउ गरिएको जानकारी दिए। 

‘इन्स्टाग्राममा अकाउन्ट बनाएर त्यसमार्फत मानन्धरले ती केक बिक्री वितरण गर्ने गरेको अनुसन्धानमा खुलेको छ,’ उनले भने।

प्रहरीले पक्राउ मानन्धरसँग गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोला १७८ ग्राम, गाँजा ३ किलोग्राम बरामद गरेको छ। 

मानन्धरले गत एक वर्षदेखि यसरी केक बनाएर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ। पक्राउ मानन्धरलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता जोशीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.