|

काठमाडौं : शरीरलाई स्वस्थ राख्न धेरै भिटामिन र मिनरल्स चाहिन्छ। यीमध्ये एक हो पोटासियम। यो शरीरको लागि सबैभन्दा महत्त्वपूर्ण खनिजमध्ये एक हो। पोटासियमको मात्राले शरीरमा पानीको सन्तुलन र रक्तचाप नियन्त्रण पनि  गर्छ। यति मात्र होइन, यो खनिज मानसिक तनाव र स्नायु कार्यका लागि पनि महत्त्वपूर्ण मानिन्छ।

पोटासियमको मात्रा कम हुनुका धेरै कारण हुन सक्छन्। जसको मुख्य कारण एन्टिबायोटिकको सेवन, पखाला, बान्ता, म्याग्नेसियमको मात्रा कम हुनु, अत्यधिक पसिना आउनु र शरीरमा फोलिक एसिडको कमी हुनु आदि हुन्।

यदि तपाईं यीमध्ये कुनै कारणले समस्यामा हुनुहुन्छ भने तपाईंको शरीरमा पोटासियमको कमी हुने सम्भावना धेरै हुन्छ। यदि शरीरमा सधैं आलस्य रहन्छ, थकान महसुस हुन्छ, मानसिक तनाव हुन्छ भने, यो शरीरमा पोटासियमको कमी भएको पर्याप्त संकेत हो। आउनुहोस् यो खनिजको कमीका अन्य मुख्य लक्षणहरू के के छन् जानी राखौँ।

शरीरमा पोटासियमको कमी हुँदा देखिन्छन् यस्ता लक्षण

 बारम्बार पिसाब लाग्नु

बारम्बार पिसाब लाग्नु पोटासियमको कमीको एक संकेत हुन सक्छ। यसका साथसाथै यदि धेरै पिसाब आइरहने समस्या छ भने पनि शरीरमा पोटासियमको कमी हुने सम्भावना धेरै हुन्छ।

पाचन प्रकृयामा समस्या

यदि पाचन प्रक्रिया राम्रो छैन भने यसका धेरै कारण हुन सक्छन्। धेरैपटक यस्तो खाने बानी को कारण हुन्छ। यदि तपाईंलाई लामो समयदेखि पाचन प्रकृयासम्बन्धी समस्या छ भने पनि शरीरमा पोटासियमको कमीको संकेत हुन सक्छ ।

मांसपेशीमा समस्या

यदि बारम्बार मांशापेशीहरू दुख्छ, भने रगतमा पोटासियमको मात्रा कमीको लक्षण पनि हुनसक्छ।

शरीर झम् झम् गर्नु

सामान्यतया, कुनै भागमा रक्तसञ्चार रोकिँदा झम् झम् हुने गर्छ। यदि तपाईंलाई बिनाकारण हात वा खुट्टामा झम् झम् महसुस हुन्छ वा छाला सुन्निएको महसुस हुन्छ भने यो शरीरमा पोटासियमको कमीको संकेत हो।

तनाव

पोटासियमले मस्तिष्कलाई स्वस्थ राख्न निकै महत्वपूर्ण भूमिका खेल्छ । यदि भ्रम, अचानक डिप्रेसन, मुड स्विङहरू दिनहुँ हुन्छ भने, यो एक पर्याप्त संकेत हो कि शरीरमा पोटासियमको कमी छ।

तर पोटासियमको कमीलाई दैनिक जीवनमा यी पाँच कुरा समावेश गरेर पूर्ति गर्न सकिन्छ।

पालक साग

 एभोकाडो फल

 नरिवल पानी

 केरा

यी चीजहरूमा पोटासियम प्रचुर मात्रामा पाइन्छ। यसलाई दैनिक जीवनमा समावेश गर्नाले पोटासियमको कमीलाई हटाउन सकिन्छ। यसबाहेक आलु पनि दैनिक खानुपर्छ।  हरेक बिहान बदाम खाँदा शरीरमा पोटासियमको स्तर पनि कायम राख्न सकिन्छ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.