|

काठमाडौँ : सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिसँग छलफल गरेका छन्।​

आइतवार सिंहदरबारमा संसदीय समितिका सबै सभापतिहरूसँग सभामुख घिमिरेले छलफल गरेका छन्। छलफलमा संसदीय समितिमा विचाराधीन विधेयकहरू छिटोभन्दा छिटो संसद्‌मा पेश भए सदन चलाउन सहज हुने सभामुखको भनाइ रहेको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बताए।

उनले संसद्को हिउँदे अधिवेशन यही माघ १८ देखि बोलाउने तयारी भइरहेकाले त्यसबारेमा पनि छलफल भएको बताए। उनले एउटै विषय विभिन्न समितिले हेर्ने गरेको बारेमा पनि छलफल भएको जानकारी दिए।

उनले भने, ‘सबै पार्टीका प्रमुख सचेतकहरूसँग बसेर यति समयदेखि यति समय हिउँदे अधिवेशन चल्छ, यति समय वर्षे अधिवेशन चल्छ भन्ने एउटा क्यालेण्डर बनाएर जान सके उपयुक्त हुन्छ। विशेष गरी विधेयकहरू समितिबाट छिटोभन्दा छिटो आए सदन चल्न अझै सहज हुन्थ्यो। एनसेलकै प्रकरणमा राज्य व्यवस्था समिति, लेखा समिति, अर्थ समिति र सञ्चार समितिले हेरेको छ। यो बारेमा पनि एक ठाउँमा बसेर छलफल गर्न पाए राम्रो हुन्थ्यो भन्ने कुरा भयो। एकैदिन तीन, चारवटा समितिमा बोलाउँदा मन्त्रीहरूले नभ्याउने, कतै गयल हुने, उपस्थित हुन नसक्ने भन्ने पनि छलफल भयो।’

समिति सभापति खतिवडाले सभामुखसँगको छलफलमा एकैदिन धेरै समितिले मन्त्रीहरूलाई बोलाउँदा मन्त्रीहरूलाई समय निकाल्न कठिन भएको बारेमा पनि छलफल भएको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.