|

काठमाडौं : पाकिस्तान र इरानबीचबढ्दो तनाव केही मत्थर देखिएको छ। 

दुई देशबीच राजदूत पुनर्बहाली गर्ने सहमति भएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ। गत साता इरानले पाकिस्तानको बलुचिस्तान प्रान्तमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो।

त्यसपछि पाकिस्तानले पनि इरानी क्षेत्रमा जवाफी मिसाइल आक्रमण गरेको थियो। समाचार एजेन्सी पीटीआइका अनुसार पाकिस्तानी समकक्षी जलील अब्बासको निमन्त्रणमा इरानका विदेश मन्त्री हुसैन आमिर अब्दुल्लाहियाँ जनवरी २९ मा पाकिस्तान भ्रमणमा जान लागेका छन्। 

दुई विदेशमन्त्रीबीच भएको टेलिफोन कुराकानीमा राजदूत पुर्नबहाली गर्ने सहमति पनि भएको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ। दुई देशबीचको तनाव कम गर्नका लागि चीनले मध्यस्थताको भूमिका निर्वाह गरिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.