|

काठमाडौं : बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित तीनजना हिरासत मुक्त भएका छन्।

मंगलबार जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले सोमबार उनीहरू तीनैजनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

अदालतले हाजिरी जमानीमा छाड्न आदेश दिएपछि सोहीअनुसार उनीहरू बुधबार हिरासतमुक्त भएको सिआइबी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

सिआइबीले बाँसबारी छाला–जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा चौधरीसहित  छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.