|

काठमाडौं: नेपालमा पुन कोभिड १९ को नयाँ भेरियन्ट देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालै गरिएको जिनाेमसिक्वेन्सिङ कोभिड-१९ को नयाँ भेरिएन्ट भेटिएको पुष्टि भएको हो। 

राष्ट्रिय प्रयोगशालाका अनुसार  पछिल्लो समय सिंगापुर अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको  काेभिड-१९ काे ओमिक्रोन भेरिएन्टको  नयाँ  सब–भेरिएन्ट “केपी.१” र केपी.२ नेपालमा पुष्टि भएको छ। हालै गरिएको ४२ कोभिड पाेजेटिभ केसकाे जिनाेमसिक्वेन्सिङ् गर्दा ४० प्रतिशतमा “केपी.१” र केपी.२ नेपालमा पुष्टि भएको प्रयोगशालाले जनाएको छ। 

प्रयोगशालाका नमुनामा ओमिक्रोन (जेएन.१) २ नमुनामा, ओमिक्रोन (बीए.२), १२ नमुनामा, ओमिक्रोन (केपी.१) १७ नमुनामा, ओमिक्रोन (केपी.२) एक नमुनामा र ओमिक्रोन (केपी.३) (केपी.४) क्रमशः १ नमुनामा भेटिएको हो।

छिमेकी मुलुक भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको कोभिड–१९ को नयाँ सब–भेरिएन्ट ‘जेएन.१’ नेपालमा पनि देखिएको थियाे। तर, हाल विश्वमा महामारीको रूपमा देखिन थालेकाे नयाँ भेरिएन्ट “केपी.१” र केपी.२ नेपालमा पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.