|

काठमाडौँ  : नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव ध्रुव घिमिरेले सरकारले जग्गाको कित्ताकाट खुलाउँदा सर्वसाधारणलाई धेरै ठूलो टेवा पुगेको बताएका छन्।

शनिवार पोखरामा भएको नेपाल जग्गा तथा आवास विकास महासंघको दोसो वार्षिक महासभामा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालभर घरजग्गा तथा आवास विकासको क्षेत्रलाई आफ्नो पेशा तथा व्यवसाय बनाई व्यवसाय गर्दै आएका व्यवसायीले भोग्नुपरिरहेका विभिन्न समस्या समाधानका लागि प्रयासरत रहनुपर्ने बताए।

उनले आफ्नो उद्देश्य प्राप्तिका लागिसबै व्यवसायी एकजुट भइ अघि बढ्न आह्वान गरे। बैंकमा अथाह पैसा भए पनि राष्ट्र बैंकले लगानी गर्ने वातावरण बनाइदिन नसकेको बताए।

उनले भने, ‘नेपालभर घरजग्गा तथा आवास विकासको क्षेत्रलाई आफ्नो पेशा तथा व्यवसाय बनाई व्यवसाय गर्दै आउनुभएका व्यवसायीहरूले भोग्नुपरिरहेका विभिन्न समस्या समाधानका लागि प्रयासरत रहँदै आफ्नो उद्देश्य प्राप्तिका लागि सबै व्यवसायी एकजुट भई अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो। कित्ताकाट खुल्दा सर्वसाधारणलाई धेरै ठूलो टेवा पुगेको छ। बैंकिङ क्षेत्रमा हामी अहिले पनि लडिरहेका छौँ। बैंकमा अथाह पैसा छ तर राष्ट्र बैंकले लगानी गर्ने वातावरण बनाइदिएको छैन।’

उनले सबै एक भएर आफ्ना हक अधिकारको बारेमा लड्न आवश्यक रहेको बताए। उनले घररजग्गा व्यवसायीलाई लाइसेन्स दिनुपर्ने भन्दै आन्दोलन गरेर हालै मात्र सरकारले लाइसेन्स सिस्टमबाट मात्रै घरजग्गा कारोबार गर्नुपर्ने विधेकय पास भएकाले यो निर्णय सकारात्मक रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.