|

हेटौँडा : हेटौँडा उपमहानगरपालिका-११ मा रहेको हेटौँडा एकेडेमी आवासीय माध्यमिक विद्यालयले आफ्नै जग्गामा निर्माण गरेको क्रिकेट खेल मैदानमा आज क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ।

हेटौँडा एकेडेमीको रजत जयन्तीका अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मंगलबार माधवराज सुमार्गी स्मृति अन्तर माध्यमिक विद्यालय टि-२० क्रिकेट प्रतियोगिता आयोजना भएको हो। 

मकवानपुर अन्डर-१६ टिम र आयोजक हेटौँडा एकेडेमीबीच भएको क्रिकेट प्रतियोगितामा हेटौँडा एकेडेमी ९ रनले विजयी भएको छ। प्रतियोगितामा हेटौँडा एकेडेमीका दक्ष चौधरी म्यान अफ द म्याच घोषित भए। नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले ब्याटिङ गरेर क्रिकेट खेल मैदानको उद्घाटन गरेका थिए।

नेपाल क्रिकेट संघ र मकवानपुर क्रिकेट संघको सहकार्यमा हेटौँडा एकेडेमीले क्रिकेट एकेडेमी पनि सञ्चालन गर्ने एकेडेमीको व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीले बताए। 

‘क्रिकेटलाई शिक्षासँग जोड्ने योजनाअन्तरगत सुविधासम्पन्न होस्टेलसहित एकेडेमी सञ्चालन गरिने छ’, सुमार्गीले भने,‘क्रिकेटलाई विद्यालयको पाठ्यक्रमको एक अंशका रुपमा लिइने र व्याावसायिकरुपमा पनि सञ्चालन गरिने छ। विद्यार्थीहरुलाई पूर्वक्रिकेटर तथा राष्ट्रिय टिमका खेलाडीहरुको प्रशिक्षणमा क्रिकेट खेल्न सिकाइनेछ।’

कार्यक्रममा नेपालका पूर्व अन्तरराष्ट्रिय खेलाडी शरद भेषवाकर, क्यानका केन्द्रीय सदस्य करण महत्रा क्षेत्री, बागमती प्रदेश क्रिकेट संघका क्रिकेट निर्देशक अनिल अधिकारी, बागमती प्रदेश क्रिकेट संघका सदस्य सन्जोग पोखरेल, नेपाल क्रिकेटका टेक्निकल एनालिष्ट रवि थापा, विद्यालयका प्रिन्सिपल गौरीदेवी चिमोरिया, प्रमुख कार्यकारी अधिकृत रमेश रिमाललगायतको आतिथ्यता रहेको थियो। 

विद्यालयको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत फागुन २ गते रुपचन्द्र विष्ट ‘थाहा’स्मृति अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिता हुनेछ। यो कार्यक्रमको संयोजन सुदर्शन ढकालले गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.