|

कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत महिनाभित्रै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने बताएका छन्।

मंगलवार पोखरामा भएको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्। 

उनले पोखरालाई मुलुककै पर्यटकिय राजधानी घोषणा गर्ने समय तालिका दिएको भन्दै आगामी चैत महिनाभित्र घोषणा गर्ने तयारीमा गण्डकी प्रदेश सरकार लागेको बताए। 

उनले सर्वोच्च अदालतले फेवातालको सीमांकन, नक्शांकन र सौन्दर्यकरण गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशनात्मक रुपमा दिएको आदेश कार्यान्यन गर्ने बताए। 

उनले सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न मुख्यमन्त्रीको अध्यक्षतामा सहजिकरण गर्ने समिति बनाएको पनि बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.