|

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए।

अधिकारीका  अनुसार, केन्द्रीय कमिटी बैठक बोलाउने र समसायिक राजनीतिक विषयहरुमाथि छलफल गर्न सचिवालय बैठक बोलाइएको छ। एमालेले फागुन १० देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ। एमालेले सरकारविरूद्ध आन्दोलनको तयारी पनि गरेको छ।

जिल्ला-जिल्लामा प्रशिक्षण, भेला र संगठन पुनःनिर्माणलाई गति दिइरहेका एमालेले तल्ला कमिटीलाई आन्दोलनमा रहन निर्देशनसमेत दिइसकेको छ। पहिलो चरणमा एमाले सातै प्रदेशमा विरोध सभाको तयारी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.