|

 काठमाडौं : आईसीसी लिग–२ अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नेदरल्याण्ड्सले नामिबिया विरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिले फिल्डिङ रोजेका हुन्।

नेदरल्याण्ड्सले आज नेपालसँगको हारमा खेलेको प्लेइंग ११ मा दुई परिवर्तन गरेको छ। वेस्ली बरेसी र शरिज अहमदको स्थानमा तेजा निदामनुरु र रुलफ भ्यान डर मर्वा आज टोलीमा अटाएका छन्।

यस्तै नामिबियाले नेपालसँग जित हात पारेको टोलीमा एक परिवर्तन गरेको छ। युवा पेसर ज्याक ब्रासेलको स्थानमा जिन पिएर कोट्जेले टोलीमा स्थान बनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.