|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले अनलाइन सेवा फेरि सञ्चालनमा ल्याएको छ। पनिकाले ह्याक भएको वेबसाइट प्राविधिक अवरोध हटाएपछि हिजो (आइतबार) अनलाइन सेवा पुन:सञ्चालनमा आएको जनाएको हो।

‘त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा दिइने सेवाहरू यही मिति २०८० माघ १५ गतेदेखि अनलाइन तथा अफलाइन माध्यमबाट संचालन गरिएकोमा प्राविधिक कारणले गर्दा केही समय अनलाइन माध्यम बन्द रहेकोले २०८० माघ २८ गतेदेखि सूचना प्रवाह संचालन भएको र सेक्युरिटी अडिट कार्य सम्पन्न भएकोले २०८० फाल्गुण ६ गते आइतबारदेखि अनलाइन सेवा पूर्ण रुपमा संचालन हुने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ पनिकाको सूचनामा उल्लेख छ। 

इतिहासमै पहिलोपटक त्रिवि पनिकाले यही माघ १५ गते अनलाइन सेवा सुरु गरेको थियो। त्रिविका निमित्त उपकुलपतिबाट कम्प्युटरको माउस क्लिक गरी अनलाइन सेवा शुभारम्भ भएपछि कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउने लगायतका सेवा अनलाइनबाटै लिन सकिने जानकारी दिएका थिए।

तर अनलाइन सेवा सुरु गरेको भोलिपल्टै अर्थात् माघ १६ गते नै पनिका बल्खुको वेबसाइट (tuexam.edu.np) सामान्य ह्याकरको नियन्त्रणमा पुगेपछि वेबसाइट चलेकाे थिएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.