विराटनगर : कोशी प्रदेश सरकार र प्रदेश पुनः नामकरण संघर्ष समितिबीच दोस्रो चरणको वार्ता विराटनगरमा शुरु भएको छ।
विराटनगरको इस्टर्न स्टार होटलमा बुधबार दिउँसो ४ बजेदेखि वार्ता शुरु भएको हो। गत माघ २६ गते दुबै पक्षबीच भएको वार्तामा ५ बुँदे सहमति भएको थियो।
पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने र आन्दोलनकारीमाथि लगाइएको मुद्दा सरकारले फिर्ता लिने तथा प्रदेशको पुनः नामकरणको लागि राजनीतिक सहमति जुटाउन पहल गर्नेसहितका सहमति यसअघि भएको थियो। फागुन १० गतेअगावै दुवै पक्षको सहमतिमा पुनः वार्ता गर्ने सहमति भएअनुसार आज वार्ता शुरु भएको हो।
आजको वार्तामा सरकारका तर्फबाट उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्री थपिएका छन्। यसअघि भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगु संयोजक रहने गरी वन वातावरण तथा पर्यटन उप्रेती सदस्य तथा आन्तरिक मामिला मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले सदस्य रहने गरी समिति बनाएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।