|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि)का नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले पहिलो त्रिविको क्यालेन्डर लागू गरेर शैक्षिक सत्रलाई ट्रयाकमा ल्याउने बताएका छन्। उनले पहिला यो नै मुख्य समस्या रहेको भन्दै यसैलाई पहिलो प्राथमिकता राखेको बताएका हुन्।

उनले दोस्रोमा त्रिविका सम्पूर्ण परीक्षाफल समयमा प्रकाशित गर्ने बताए। ‘समयमा परीक्षा नतिजा प्रकाशन नहुँदा लाखौँ विद्यार्थीहरूले अनेक समस्या भोगिरहेका छन्,अबदेखि समयमा परीक्षा नतिजा प्रकाशित हुने छ,’उनले थाहाखबरसँग भने।

तेस्रोमा त्रिविको शैक्षिक कार्यक्रमका पाठ्यक्रम अद्यावधिक गर्ने उनले जानकारी दिए। ‘यी नै कुराहरुलाई मेले पहिलो चरणमा प्राथमिकता दिएको छु,’उनले भने।

निकै लामो कसरतपछि कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन्। बराल पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति हुन्। त्रिभुवन विश्वविद्यालयको २०औं उपकुलपतिमा नियुक्त बरालले आज पदबहली गर्दैछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.