|
फाइल तस्वीर

काठमाडौँ : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद काम नलाग्ने ठाउँ हो भन्ने सन्देश गए व्यवस्थाका लागि घातक हुने बताएका छन्।

शुक्रवार प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रमुख सचेतक लेखकले संसद काम नलाग्ने ठाउँ हो भन्ने सन्देश सम्प्रेषण भए व्यवस्थाका लागि घातक हुने बताएका हुन्। 

‘यो संसद काम नलाग्ने ठाउँ हो भन्ने सन्देश बाहिर संप्रेषण भयो भने यो व्यवस्थाका लागि त्योभन्दा ज्यादा घातक केही हुन सक्दैन‚’ उनले भने‚ ‘त्यसकारण कहीँ हाम्रा गतिविधिहरु यही संविधानविरुद्ध यही व्यवस्थाविरुद्धमा वातावरण बन्नेतिर निर्देशित त भइराखेका छैनन्? त्यो पनि सोच्न जरुरी छ।’

उनले सांसदहरुको गतिविधि व्यवस्थाविरुद्ध वातावरण बन्नेतिर निर्देशित भएका छन् कि भन्ने विषयमा सोच्न जरुरी रहेको बताए। उनले धेरै विधेयक बनाउनुपर्ने अवस्था रहेको भन्दै संसदभित्र अवरोध गर्न नहुने पनि बताए।

उनले संसदभित्र स्वस्थ आलोचना गर्नुपर्ने बताए। उनले धैर्य र संयमित भएर आफ्नो कुराहरु राख्न सांसदहरुलाई आग्रह पनि गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.