|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याउन आग्रह गरेका छन्।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले यस्तो माग गरेका हुन्। उनले ख्वप विश्वविद्यालयको विधेयक तत्काल ल्याउन आग्रह गरे। उनले शिक्षाको अनुभव नभएको, शिक्षामा कुनै ढुंगामाटो पनि नभएको विधेयक सरकारले ल्याएको तर ख्वप विश्वविद्यालयको विधेयक किन नल्याएको? भन्दै प्रश्न गरे।

उनले ख्वप विश्वविद्यालयले देशभरका विद्यार्थीहरुलाई न्यून शुल्कमा अध्ययन गराइरहेको र विद्यार्थीको पनि चाप बढिरहेको दाबी गरे।

उनले भने, ‘सन् १९९९ देखि निरन्तर शिक्षा दिँदै आएको ख्वप कलेज २५ औं वर्षमा लागिसकेको छ। देशभरबाट ४० हजार भन्दा बढी विद्यार्थी लाभान्वित भइसकेका छन्। सरकार समाजवादउन्मुख भन्छ, शिक्षा महँगो छ। ख्वप कलेज भत्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेज हो। त्यसले न्युनतम शुल्कमा धेरै विद्यार्थीले शिक्षा पाइरहेका छन्। विभिन्न औपचारिक, अनौपचारिक छलफलमा पनि प्रधानमन्त्रीज्युलाई ख्वप कलेजलाई विश्वविद्यालय बनाउन विधेयक ल्याइदिन आग्रह गरेको थिएँ। तत्काल विधेयक ल्याइयोस्।’

उनले सरकार समाजवादउन्मुखको नारा लगाइरहे पनि शिक्षा महँगो भइरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.