अब हामी पूर्ण सक्षम भयौँ : डा भण्डारी

|

काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्कसहरूको टिमले नै दोस्रो सफल कलेजो प्रत्यारोपण गरेको छ। अस्पतालका डा. रमेशसिंह भण्डारी नेतृत्वको चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले शिक्षण अस्पतालमा दोस्रोपटक दोस्रो सफल कलेजो प्रत्यारोपण गरेको हो।

चितवनका ३३ वर्षीय पुरुषको सफल कलेजो प्रत्यारोपण गरिएको डा. भण्डारीले जानकारी दिए। ती पुरुषलाई उनकी २८ वर्षीया श्रीमतीले कलेजो दान गरेकी थिइन्। १६ दिनपछि ती बिरामी आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन्।

डा भण्डारीले थाहाखबरसँग भने ‘२६ माघमा कलेजो प्रत्यारोपण भएको थियो ‘१६ दिनपछि उहाँ आज डिस्चार्ज हुनुभएको छ, बिरामीमा कुनै खासको नकारात्मक प्रतिकृया पनि देखिएको छैन, हामीले हाम्रै उकरण र स्वास्थ्यकर्मीकै साथमा दोस्रोपटकसम्म सफल प्रत्यारोपण गर्न सफल भयौँ जसले गर्दा अब त्रिवि शिक्षण अस्पताल कलेजो प्रत्यारोपणमा आत्मनिर्भर भएको महसुस गरेका छौँ।’

एक महिनाको अन्तरालमा त्रिवि शिक्षण अस्पतालका नेपाली चिकित्सकहरूले दुईवटा कलेजो आत्मनिर्भर रूपमा प्रत्यारोपण गरेका छन्। यसअघि २७ पुसमा त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले नेपालमै पहिलोपटक नेपाली चिकित्सकहरुकै संलग्नतामा पहिलो सफल कलेजो प्रत्यारोपण भएको थियो। त्यसअघि नेपालमा हुने कलेजो प्रत्यारोपणमा विदेशी चिकित्सकहरुको सहायता लिदैं आइएको थियो।

तर, २७ पुसमा नेपाली चिकित्सकहरुकै टोलीले पहिलो सफल कलेजो प्रत्यारोपण गरेपछि लगतै त्रिविकै टिमले दोस्रो कलेजो प्रत्यारोपण गरेको हो। समग्रमा यो त्रिवि शिक्षण अस्पतालमा भएको १२ औँ सफल कलेजो प्रत्यारोपण हो भने नेपाली चिकित्सकहरुकै टिमले गरेको दोस्रो।

१७ जेठ २०७६ मा त्रिविले पहिलो कलेजो प्रत्यारोपण गरेको थियो। त्रिवि शिक्षणको प्रत्यारोपण टिमले २९ फागुन २०७७ मा नेपालमै पहिलोपटक ११ महिनाको बालकमा समेत कलेजो प्रत्यारोपण गरिसकेको छ।

प्रत्यारोपण सर्जन डा भण्डारीका अनुसार अबदेखि सधैँ महिनामा एकवटा कलेजो प्रत्यारोपण गर्न त्रिवि शिक्षण अस्पताल सक्षम रहेको बताए। उनका अनुसार प्रत्यारोपण गर्नुपर्ने र गर्न मिल्ने बिरामीले २५ देखि ३० लाख खर्चमा शिक्षण अस्पतालमा प्रत्यारोपण गर्न सक्नेसमेत बताए।

डा भण्डारीले भने, ‘ कलेजो प्रत्यारोपण निकै जटित प्रत्यारोपण स्वास्थ्य सेवा हो तर अब हामी नेपाली चिकित्सकै टिमले सफल प्रत्यारोपण गर्न सफल भएका छौँ, जसले गर्दा अब कलेजो प्रत्यारोपण गर्न मिल्ने बिरामीले विशेदमा भन्दा निकै कम शुल्कमा हाम्रो नै प्रत्यारोपण गर्न सक्छन् यो हामी सबैको लागि खुसीको कुरा हो।'

१७ जेठ २०७६ मा त्रिविले पहिलो कलेजो प्रत्यारोपण गरेको थियो। त्रिवि शिक्षणको प्रत्यारोपण टिमले २९ फागुन २०७७ मा नेपालमै पहिलो पटक ११ महिनाको बालकमा समेत कलेजो प्रत्यारोपण गरिसकेको छ।

समग्रमा यो त्रिवि शिक्षण अस्पतालमा भएको १२ सफल कलेजो प्रत्यारोपण गरिसकेको छ। तर पछिल्भलो दुइवटा प्नेरत्यारोपण भने नेपाली चिकित्सकहरुकै टिमले गरेको दोस्रो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.