|

काठमाडौँ : केपी ओली कप प्रतियोगितामा न्युरोड टिम (एनआरटी)ले थ्रीस्टार क्लबलाई १–० ले पराजित गरेको छ। जितसँगै एनआरटी प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीका लागि खेलको २९ औं मिनेटमा विवेक गुरुङले गोल गरे। उनको गोल नै जितका लागि निर्णायक बन्यो।

आजको खेलमा एनआरटीसँग पराजित भएसँगै थ्रीस्टार क्लब प्रतियोगिताबाट बाहिरिएको छ। प्रतियोगिताको पहिलो खेलमा केपी ओली क्लब विजयी भएको थियो।

प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लब, न्युरोड टिम एनआरटी, थ्री स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी र मच्छिन्द्रसहित सात टिम सहभागी छन्। दुई विदेशी टिम भारतको दिल्ली एफसी, पश्चिम बंगाल क्लब र आयोजक गरी कुल १० टिमबीच प्रतिस्पर्धा हुँदै छ।

फाइनल खेल फागुन १९ गते हुनेछ। विजेता टिमले ११ लाख र दोस्रो हुनेले ५ लाख पुरस्कार प्राप्त गर्नेछ। सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.