|

काठमाडौं : त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाललाई पाँचौँ झट्का लागेको छ।  

नामिबियाविरुद्धको खेलमा ३१ रन बनाएर आरुिफ शेख आउट भएका हुन्।

यसअघि २ बल खेल्दै १ रन बनाएर आशिफ शेख आउट भएका हुन् भने १० रन बनाएर कप्तान रोहित पौडेल आउट भए। त्यस्तै अनिल साह २३ रन बनाएर आउट भएका थिए। यसैगरी २६ रन बनाएर गुलशन झा आउट भएका थिए।

सिरिजको पहिलो खेलमा नामिबियासँग २० रनले हारेको नेपाल दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भयो। 

खेलमा लगातार दुई खेल जितेको नेदरल्याण्ड्स चार अंकका साथ शीर्ष स्थानमा छ। नेपाल अंकविहीन छ भने नामिबियाको दुई अंक रहेको छ। शनिबार नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.