|

काठमाडौं :  ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको चौथो चरणमा पुरुषतर्फ अशोक बराम र महिलातर्फ फ्लुअर माउन्टजोय विजयी भएका छन्। 

रानीकोटमा सुरु भएर डोलुमा सम्पन्न भएको ३७ किमी दौडअन्तर्गत पुरुषमा अशोकले निर्धारित दूरी ४ घन्टा २३ मिनेट १९ सकेन्डमा पूरा गरे। 

राजा महतारा ४ घन्टा २४ मिनेट २० सकेन्ड समय लगाएर उपविजेता र मनकुमार रोका मगर ४ घन्टा ३४ मिनेट ०३ सकेन्डमा दौड पूरा गरेर तेस्रो स्थानमा रहे। 

यसैगरी, महिलातर्फ च्याम्पियन बनेकी माउन्टजोयले ५ घन्टा ३१ मिनेट ०४ सकेन्डमा दौड पूरा गरिन्।

उपविजेता स्टाइन हेजेलवर्गले दूरी पूरा गर्न ५ घन्टा ५८ मिनेट र १४ सकेन्ड लगाइन्।  तेस्रो भएकी सोन्या मार्टिनले ५ घन्टा ५८ मिनेट ३६ सकेन्ड लगाइन् । 

सो स्टेज रेस च्यालेन्सको चौथो चरणमा १५ विदेशीसहित कूल ७० जनाको सहभागितो थियो।  नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले विजेताहरुलाई पुरस्कार प्रदान गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.