|

उत्तरपश्चिमी गाजामा एक प्यारासुट खोल्न असफल भएपछि बक्समा ठोक्किएर ५ जनाको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन्।

गाजामा प्यालेस्टाइन सिभिल डिफेन्सका प्रवक्ता महमूद बसालले सहायता गाजा शहरको उत्तरपश्चिम क्षेत्रका बासिन्दाहरूको घरमा लगिँदै थियो। प्रत्यक्षदर्शीहरूका अनसार गाजा शहरमा विमानद्वारा पठाइएको सहायता तिनीहरूको प्यारासुटहरू राम्रोसँग नखुली खसेका थिए।

गाजाका मानिसहरूलाई खाद्यान्न, पानी, औषधि र आश्रयको ठूलो अभाव भएको थपिएको छ। इजिप्ट, जोर्डन, संयुक्त अरब इमिरेट्स, फ्रान्स, नेदरल्याण्ड्स र संयुक्त राज्य अमेरिकालगायत धेरै देशहरूले पट्टीमा खाद्यान्न सहायताका लागि एक सातादेखि संयुक्त अभियान सञ्चालन गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.