तेलको माग बढ्दै गएपछि चीनमा लगानी गर्ने तयारी

|

साउदी अरबको प्रमुख तेल कम्पनी अरामकोको नाफा ठूलो परिमाणमा घटेको छ।

अरामकोको नाफा सन् २०२३ मा २५ प्रतिशतले खस्केर १२१ अर्ब अमेरिकी डलरमा झरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

नाफामा भएको ठूलो गिरावटलाई उत्पादनमा आएको कमी र तेलको मूल्यमा आएको ह्रासलाई प्रमुख कारणको रुपमा हेरिएको छ। नाफाको परिमाण घटेको भए पनि साउदी अरेबियाको सरकारी कम्पनीको नाफा अझै पनि कीर्तिमानी स्तरमा छ। 

यसबाहेक अरामकोले तेलको मूल्य नियन्त्रण गर्न उत्पादन घटाएपछि नाफा बढाउन चुनौती अझ थपिएको छ। 

अरामकोका प्रमुख कार्यकारी अमिन नासेरले सन् २०२३ मा शुद्ध आम्दानीको हिसाबले उत्कृष्ट कीर्तिमान कायम गरेको बताएका छन्। 

नाफा घटेको भए पनि अरामकोले आफ्ना शेयरहोल्डरहरुलाई भने ९८ अर्ब अमेरिकी डलर बराबर लाभांश दिने भएको छ। 

लको माग बढ्दै गएकाले अब यो तेल कम्पनीले चीनमा लगानीको अवसर खोज्ने नसिरको भनाइ छ। अरामकोले यसअघि नै चिनियाँ रिफाइनरीमा लगानी गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.