|

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व उपसचिव ईश्वरीप्रसाद पोखरेलले मन्त्रालयमा काम गर्ने वातावरण नरहेको बताएका छन्। उनी मन्त्रालयबाट अवकाश भइसकेपछि एकपछि अर्कोले फाइल अड्काउने कर्मचारी रहेकै कारण काम गर्ने माहाेल नभएकाे बताएका हुन्।

उनले एक मिडियासँग भनेका छन्, ’म शिक्षा मन्त्रालयमा २८ महिना बसेँ, १५ महिना कुनै काम नभएर बित्यो, कामका लागि गयो सहसचिवले हेर्दै छु भन्छन्, कति वटा आँखा रै’छन्,आउँदै आएन, नहेरी नै बितायो, म आफैँले प्रयास गरेँ ५ वटा डकुमेन्टका लागि तर फाइल रोकिहाल्छन्।’

उनका अनुसार ट्रेड युनियनले पनि कामप्रति हस्तक्षेप गर्ने गरेको छ। ‘मन्त्रालयभित्र मै खाऊँ मै लाऊँ भन्ने खालका कर्मचारीहरू छन्,अर्काे ट्रेड युनियनवाद छ, म त भन्छु यो घातक छ‚ एक मिनेट पनि राख्नु हुँदैन, उनले भने। उनले शिक्षामन्त्रीलाई शिक्षा क्षेत्र सुधार गर्ने हो भने पहिला मन्त्रालयभित्र भएका बेथिति अन्त्य गर्न पनि माग गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.