|

कतारले इजराइल र हमास गाजामा शत्रुता अन्त्य गर्ने र बन्धक रिहा गर्ने सम्झौताको नजिक नभएको बताएको छ। दुई पक्षबीच युद्धविरामका लागि मध्यस्थकर्ता बनेको कतारले स्थिति ‘अत्यन्त जटिल’ बनेको बताएको छ।

अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा धेरै साता वार्ता भए पनि मुसलमानको पवित्र महिना रमजान सोमबार व्यापकरूपमा अपेक्षित युद्धविराम र बन्धक आदानप्रदानबिना शुरु भयो। 

‘हामी कुनै सम्झौताको नजिक छैनौँ, यसको अर्थ सम्झौताको कार्यान्वयनमा विद्यमान असहमतिको समाधान गर्न सकियोस् भन्ने भाषामा दुवै पक्षले बोलेको हामीले देखिरहेका छैनौँ’, कतारको विदेश मन्त्रालयलका प्रवक्ता माजिद अल अन्सारीले पत्रकार सम्मेलनमा भने, ‘सबै पक्षले रमजानको सीमिततामा आशावादीरूपमा कुनै सम्झौतामा पुग्नका लागि वार्ता जारी राखेका थिए।’ यद्यपि उनले कुनै पनि सम्झौतामा ‘कुनै समयसीमा प्रस्ताव’ गर्न नसकिने बताए।    

इजराइली आधिकारिक आँकडाअनुसार अक्टोबर ७ मा हमासले इजराइलमाथि गरेको आक्रमणमा इजराइलमा करिब एक हजार १६० जनाको मृत्यु भएको थियो। हमासका लडाकूले करिब २५० जनालाई बन्धक बनाएका थिए। तीमध्ये १०० भन्दा बढीलाई नोभेम्बरमा एक साताको युद्धविराममा रिहा गरिएको थियो। इजराइलका अनुसार गाजामा अझै ९९ बन्धकसँगै ३१ शव पनि छन्। 

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलको जवाफी बमबारी र स्थल आक्रमणमा ३१ हजार ११२ प्यालेस्टिनी मारिएका छन्। मारिनेमा अधिकांश महिला तथा बालबालिका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.