|

काठमाडौँ : राष्ट्रियसभामा नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुषालले राष्ट्रियसभाले स्थापित गरेका मानक कायम राख्नुपर्ने बताएका छन्।

बुधवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्रियसभाले गरेका असल अभ्यास र स्थापित मानक बचाइरहने चुनौती नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहाललाई रहेको बताए।

उनले नवनर्वाचित अध्यक्ष दाहालले स्थापित असल अभ्यासलाई कमजोर हुन दिन नहुने बताए। उनले राष्ट्रियसभा सरकारले दिएका बिजनेसमा मात्रै सीमित रहनु नहुने पनि बताए।

भुषालले भने, ‘राष्ट्रियसभाले केही असल अभ्यास गरेको छ। केही असल मानक स्थापित गरेको छ। यहाँको कार्यकालमा तिनीहरू कमजोर हुनु हुँदैन। तिनीहरू अझ सबल र सुदृढ बन्नुपर्छ। यो सभा सरकारले दिएका बिजनेसमा मात्रै सीमित रहेको छैन र रहनु पनि हुँदैन।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको सन्दर्भमा उठेका प्रश्नहरूको जवाफ व्यवहारबाट दिनुपर्ने बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.