|

बैतडी : काठको गोलिया र ट्रकसहित बैतडीमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका-२ घर भएका  सु प प्र ०२ ००१ ख १२१८ नम्बर ट्रकका चालक ४० वर्षीय लक्ष्मण चन्द रहेका छन्।

अवैध काठ ओसारपसार भइरहेको विशेष सूचनाको आधारमा चन्दलाई मेलौली नगरपालिका ७ हरिपुर बजारबाट ट्रक र काठसहित नियन्त्रणमा लिइएको हो।

ट्रक र ५ थान सल्लाको गोलियासहित नियन्त्रणमा लिइएका चन्दलाई आवश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय कुलाउमा बुझाइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.