|
फाइल तस्वीर

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले हिमाली जिल्लाको आर्थिक वर्ष कात्तिक र मंसिरबाट शुरु गर्न माग गरेका छन्।

बिहीवारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफलमा भाग लिँदै उनले यस्तो माग गरेका हुन्। 

उनले असारमा आर्थिक वर्ष राख्दा विकास निर्माणका नाममा पठाइएको बजेट खर्च नहुने भएकाले कात्तिक र मंसिर महिना हिमाली जिल्लाको आर्थिक वर्ष बन्नुपर्ने बताए। उनले कात्तिक र मंसिर हिमाली जिल्लाको आर्थिक वर्ष भएमात्रै बजेट खर्च गर्न सकिने जिकिर गरे।

‘जब विकास निर्माणको काम मंसिरबाट शुरु हुन्छ, मंसिर र कात्तिक शुरु हुँदा जुम्लामा हिउँ परेर बस्न हुँदैन। असारसम्म जाँदा बजेट खर्च गर्न पाइँदैन, जति पैसा भए पनि खर्च हुन सक्दैन‚’ उनले भने, ‘अब आउने बजेटमा हिमाली जिल्लाको आर्थिक वर्ष कात्तिक र मंसिरमा गर्नुपर्‍यो‚ त्यसो भए हामी बजेट चलाउन सक्छौँ।’

उनले प्रदेश संरचना खारेज गर्नुपर्नेमा समेत जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.