|

काठमाडौँ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले उपभोक्ता अदालत स्थापनाका लागि पहल गर्ने बताएका छन्।

राष्ट्रिय उपभोक्ता मञ्च नेपाल, उपभोक्ता अधिकार अनुसन्धान मञ्च र उपभोक्ता संरक्षण मञ्चले आज आयोजना गरेको ‘उपभोक्ताको चाहना : सुलभ र शीघ्र न्यायका लागि उपभोक्ता अदालतको स्थापना’ विषयक कार्यक्रममा उनले उपभोक्ता अदालत स्थापनाका लागि पहल गर्ने बताए।

“उपभोक्ता अदालत स्थापना गर्नसके उपभोक्ताका अधिकारलाई संरक्षण गर्न सकिन्छ, उपभोक्ता अदालत अनिवार्य कुरा हो,” उनले भने।

उनले सर्वोच्च अदालतले सातै प्रदेशमा उपभोक्ता अदालत स्थापनाका लागि आदेश दिइसकेको र कानुन मन्त्रालयअन्तर्गत नै बनेको कार्यदलले पनि उपभोक्ता अदालतको आवश्यकता औँल्याएकाले उपभोक्ता अदालत शीघ्र स्थापनाका लागि आफूले पहल गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.