|

गौर : रौहतटमा मनी ट्रान्सफरमा लुटपाट भएको छ। रौतहटको परोहा नगरपालिका–९ खापचोकस्थित शिवम मनी ट्रान्सफरमा लुटपाट भएको हो।

शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित आएका तीनजना लुटेराले मनी ट्रान्सफर सञ्चालकलाई धम्क्याउँदै लुटपाट गरेका हुन्। त्यस क्रममा लुटेराहरूले मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नीतेश साहलाई गोली प्रहार गरेका छन्। गोली साहको कान छेडेर बाहिर निस्केको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एलिजा गिरिले घटनाको पुष्टि गर्दै घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको बताइन्। लुटपाटमा संलग्नलाई तीनजना पक्राउ परेको प्रवक्ता तथा डीएसपी गिरिले बताइन्।

रकम लुटपाट गरेर भागेका उनीहरूलाई प्रहरीले एक थान पेस्तोल सहित घटनाको केही बेरमै नियन्त्रणमा लिएको हो। प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल पनि बरामद गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.