|

काठमाडौं : काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपालन विभागले  १५ दिनभित्र तरकारी/फलफूल बजार, नर्सरी, कोल्ड स्टोर र मासु तथा माछाजन्य उद्योग तथा व्यवसायलाई दर्ता गर्न निर्देशन दिएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो। 

‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र संचालनमा रहेका सम्पूर्ण तरकारी/फलफूल बजार, नर्सरी, कोल्ड स्टोर र मासु तथा माछाजन्य उद्योग तथा व्यवसायहरूलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र काठमाडौं महानगरपालिकामा दर्ता भई सो को विवरण काठमाडौं महानगरपालिका कृषि तथा पशुपंक्षी विभागमा पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ।

उक्त तोकिएको अवधिभित्र सूचीकृत नभएमा नियमानुसार कारबाही गर्ने चेतावनीसमेत महानगरपालिकाले दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.