|

काठमाडौँ : आकस्मिकरुपमा बोलाइएको मन्त्रिपरिषद् बैठक अहिले सिंहदरबारमा जारी छ। बैठक सुन तस्करी प्रकरणका विषयमा छलफल गर्न आकस्मिकरुपमा बोलाइएको हो । 

उक्त बैठकले आज सिआइबीका प्रमुख किरण बज्राचार्यलाई हटाउने तयारी गरेको बुझिएको छ। उनको स्थानमा एआइजी श्यामलाल ज्ञवालीलाई पठाउने तयारी भएको बताइएको छ। 

आज मात्रै गृहमन्त्री रवि लामिछानेले सुन तस्करीका विषयमा आयोगले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका थिए। 

प्रतिवेदन बुझेलगत्तै सो विषयमा निर्णय गर्न प्रधानमन्त्री दाहालले आकस्मिक मन्त्रिपरिषद्‍ बैठक बोलाएका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.