|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारको मुख्य प्राथमिकता र कार्यभार नै सुशासन कायम गर्नु रहेकोले त्यसैअनुसार अघि बढ्ने प्रयास गरिरहेको बताएका छन्। मंगलबार कांग्रेस सांसद चन्द्र भण्डारीले देशको विद्यमान कुशासन अन्त्य गर्ने तपाईँको योजना के छ ? भनेर सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। 

मैले पटकपटक भन्दै आएको छु, मेरो नेतृत्वको सरकारको मुख्य कार्यभार र प्राथमिकता नै सुशासन कायम गर्ने र समाधानको आधार तयार पार्ने हो’, प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसकारण सरकारको नेतृत्व लिएदेखि नै सुशासन कायम गर्नेसम्मका काम भइरहेको छ। इतिहासमा नै ठूलो भ्रष्टाचारका काण्डहरू छानबिन हुँदै गएका छन्।’

प्रधानमन्त्री प्रचण्डले अहिलेको परम्परागत कार्यशैली, सोच, चिन्तन र प्रणालीबाट लक्ष्य प्राप्त नहुने भएकाले यी सबैमा नयाँ गर्ने प्रयास भइरहेको बताए। उनले विद्यमान समस्या समाधानका लागि आगामी बजेमा उत्पादन र रोजगारी सृष्टि हुने गरी अघि बढ्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.