|

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउनसक्ने जलसंकटको चुनौतीलाई मध्यनजर गर्दै जलाधार क्षेत्र संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। ग्रामीण भेगमा आहाल, पोखरी र ताल तलैया निर्माण गर्नेजस्ता परम्परागत विधिको संवर्धन गर्नुपर्ने बताए । 

विश्व पानी दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले भूमिगत जलस्रोतको पुनर्भरणमा जोड दिएका छन्। शहरी क्षेत्रमा वर्षाको पानीमार्फत पुनःभरणको विकल्प सहितका पूर्वाधार निर्माण गर्न सम्बद्ध सबैले अग्रसरता लिनुपर्ने उनको भनाइ छ।

‘भूमिगत जलस्रोत महत्त्वपूर्ण प्राकृतिक सम्पदा हो, जसले पारिस्थितिक प्रणालीलाई दिगो राख्न, नदीहरूको बहावलाई व्यवस्थित गर्न, जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत गर्दछ,’ राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.