|

काठमाडौँ : दीपक कार्कीले वन तथा वातावरण राज्यमन्त्रीको शपथग्रहण गरेका छन्। 

सोमवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्। 

कार्की जनता समाजवादी पार्टी नेपालका सांसद हुन्। उनी राज्यमन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ। 

राष्ट्रपति रामचन्द्र पौडेलले आजै कार्कीलाई वन तथा वातावरण राज्यमन्त्रीको कार्यभार सम्हाल्ने गरी तोकेका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिशमा २०७९ पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा कार्कीलाई नेपालको संविधानको धारा ७६ (९) बमोजिम आज उक्त जिम्मेवारी तोकिएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.