|

काठमाडौँ : राष्ट्रियसभा सदस्य विमला घिमिरेले गौतमबुद्ध अन्ताराष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

शुक्रवार राष्ट्रियसभा बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै राष्ट्रियसभा सदस्य घिमिरेले गौतमबुद्ध अन्ताराष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन्। उनले विमानस्थल बनाउन अर्बौं रुपैयाँ खर्च भएको भन्दै हवाइ रुट नपाएको कारण बन्द हुने अवस्था आउनु दुःखद भएको बताइन्।

उनले कालीगण्डकी र राप्ती नदीको पानीलाई विद्युत् उत्पादनसँगै सिँचाइमा प्रयोग गर्नुपर्नेमा जोड दिइन्।

घिमिरेले भनिन्, ‘कालीगण्डकी र राप्ती नदीको पानीलाई विद्युत् उत्पादनसँगै सिँचाइमा प्रयोग गर्न सक्दा रूपन्देही र कपिलवस्तुका अधिकांश जमिनमा सिँचाइ हुनसक्छ भने सिक्टा सिँचाइ आयोजना सञ्चालनमा आउन सक्दा बाँके र बर्दियाका हजारौँ बिघा जमिन सिँचाइ हुनसक्छ। नेपालकै दोस्रो अन्ताराष्ट्रिय विमानस्थलको रूपमा रहेको गौतमबुद्ध अन्ताराष्ट्रिय विमानस्थल जहाँ अर्बौं खर्च भइसकेको छ। उक्त विमानस्थल हवाइ रुट नपाएको कारण बन्द हुनुपर्ने अत्यन्तै दुःखद पक्ष हो। यसलाई कूटनीतिक पहल गर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

राष्ट्रिय सभा सदस्य घिमिरेले सिक्टा सिँचाइ आयोजना सञ्चालन गर्दा बाँके र बर्दियाका हजारौँ बिघा जमिन सिँचाइ हुने भन्दै यसतर्फ पनि ध्यानाकर्षण गराइन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.