|

काठमाडौं : टी-२० क्रिकेट श्रृंखलाको पहिलो खेलमा आयरल्याण्ड वुल्भ्सविरूद्ध लोकेश बमले शतक प्रहार गरेका छन्।

त्रिवि मैदान कीर्तिपुरमा आयरल्याण्ड वुल्भ्सले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको खेलमा ओपनर बमले शतक प्रहार गरेका हुन्। ५२ बलमा ८ चौका र ८ छक्काको मद्दतमा उनले शतक बनाए।

यसअघि अर्जुन घर्ती ३ र कप्तान विनोद भण्डारी १६ रन बनाएर आउट हुँदा देव खनाल शून्यमा पेभेलियन फर्किए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.