|
फाइल फोटो

काठमाडौं : टी-२० क्रिकेट श्रृंखलाको पहिलो खेलमा आयरल्याण्ड वुल्भ्सविरूद्ध आरिफ शेख अर्धशतक प्रहार गर्न चुकेका छन्।

त्रिवि मैदान कीर्तिपुरमा आयरल्याण्ड वुल्भ्सले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको खेलमा उनी ४९ रन बनाएर आउट भए। २६ बल खेलेका उनले ५ छक्का र एक चौका प्रहार गरे।

यसअघि ओपनर लोकेश बमले शतक प्रहार गरे। ५६ बल खेलेका उनले ८ छक्का र ९ चौकाको सहयोगमा १ सय ६ रनको महत्वपूर्ण योगदान गरे।  यसअघि अर्जुन घर्ती ३ रन र कप्तान विनोद भण्डारी १६ रन बनाएर आउट हुँदा देव खनाल शून्यमा पेभेलियन फर्किए।  

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.