|

विराटनगर : विराटनगरमा हुने विराट गोल्डकपमा छुट नपाएको भन्दै विद्यार्थीहरुले असन्तुष्टि जनाएका छन्।

विराट गोल्डकप बिहीवार शुरु भएको छ तर विद्यार्थीहरुले कुनै छुट नपाएको भन्दै असन्तुष्ट बनेका हुन्।

आयोजकले विद्यार्थीहरुलाई आफ्नो परिचयपत्र देखाएर टिकटमा सहुलियत पाउने वातावरण निर्माण गर्नुपर्ने नेविसंघका केन्द्रीय सदस्य योगराज दाहाल बताउँछन्।

पूर्वको शान विराटनगरको गौरवको रुपमा रहेको गोल्डकपलाई भव्यतासाथ सम्पन्न गर्न विद्यार्थीहरुको पनि साथ रहने बताउँदै उनले विद्यार्थीहरुको भावना बुझेर छुट दिनुपर्ने जोडदार माग रहेको बताए। विद्यार्थीको माग पूरा नभएसम्म विराट गोल्डकप बहिष्कार गर्ने उनको भनाई छ। 

यता युवा नेता वोसिम आलम पनि गोल्डकपले विद्यार्थीलाई छुट नदिएकोमा आपत्ति जनाएका छन्। गोल्डकप गरे भन्नलाई मात्र गरेको जस्तो दर्शक बिनाको गोल्डकप केका लागि भन्दै प्रश्न गरेका छन्। 

विद्यार्थीहरुलाई कम्तिमा ५० प्रतिशत छुट दिनुपर्ने माग राख्दै उनले भनेका छन्, ‘प्रदेश सरकार र स्थानीय सरकारको पैसा लगाउनु यो सबै जनताले तिरको कर दिएको होइन?’ 

उनले पहुँच हुने र ठूलाबडालाई पास र टिकट निःशुल्क बाँड्ने अनि सामान्य विद्यार्थीलाई भने छुट नभएको भन्दै आक्रोश व्यक्त गरेका छन्। 

‘दर्शकविनाको खेल के गर्ने? बरु प्रदेश सरकार र स्थानीय सरकारले दिएको पैसा रोक्नुस् अनिमात्र पूर्ण टिकट सिस्टम लागू गर्नुस्,’ उनी भन्छन्। 

यो खेलभन्दा पनि व्यापार गरेजस्तो भएको उनको आरोप छ। राष्ट्रको लागि खेल युवाको लागि खेलकुद नारामा मात्रै सीमित भएको समेत विद्यार्थीहरुको आरोप छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.