काठमाडौं : एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरबलाई ६ विकेटले हराएको छ।
साउदी अरेबियाले दिएको ७४ रनको चुनौती पछ्याउने क्रममा गुलशन झाले सर्वाधिक ३२ रन र रोहित पौडेलले १६ रन अविजित रहे।
दिपेन्द्रसिंह ऐरी १७ रन बनाएर आउट भए भने आशिफ शेख २ रन र कुशल मल्ल २ रन बनाएर आउट भए। यस्तै, कुशल भुर्तेल शून्यमा आउट भए।
ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको साउदी अरेबियाले निर्धारित ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको हो।
साउदी अरेबियाका अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए पनि अरूले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।
वर्षाका कारण पिच भिजेकाले खेल सुरु हुन ढिला हुँदा २० ओभरको खेल ८ ओभरमा छोट्याइएको हो।
नेपालका करण केसी र अविनाश बोहोराले समान २/२, ललितनारायण राजवंशी र प्रतिस जिसीले समान १/१ विकेट लिए।
खेलका केही झलकः
तपाईंको ईमेल गोप्य राखिनेछ ।