|

 विराटनगर : दुई समूहबीच विवाद भएपछि विराटनगरस्थित तनावग्रस्त क्षेत्रको अवस्था अहिले केही समान्य भएको छ।

राम नवमीको अवसरमा एउटा समूहले निकालेको र्‍यालीलाई लिएर तनाव भएपछि उनीहरूबीच झडप भएको थियो। अहिले स्थिति समान्य भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

झडपमा ५ जना प्रहरीसमेत घाइते भएका छन् भने स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रु ग्याससमेत प्रहार गरेको थियो। अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। 

रामनवमीको अवसरमा विश्व हिन्दु परिषद् नेपाल युवा विभागले निकालेको र्‍यालीमा सहभागी केही युवा र मुस्लिम समुदायका युवाबीच झडप हुँदा तनावग्रस्त भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.