|
फाइल तस्वीर

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेल क्षेत्रको विकासका लागि स्थानीय पालिकाहरुमा सुविधासम्पन्न खेल मैदान हुन आवश्यक रहेको बताएका छन्।

शनिवार ललितपुरको गोदावरी नगरपालिकाको ८औँ स्थापना दिवसको अवसरमा आयोजित गोदावरी मेयर कपको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले खेल मैदानको संरक्षण गर्न आवश्यक रहेको पनि बताए। 

उनले पालिकाहरुले खेल मैदान बनाएर खेल क्षेत्रको विकासमा लाग्नुपर्ने बताए। उनले खेलको विकासका लागि प्रदेश र संघ सरकारको सहयोग पनि अपरिहार्य रहेको बताए। उनले व्यक्तिलाई अनुशासित र स्वस्थ बनाउन खेलकुदको भूमिका महत्वपूर्ण हुने बताए।

‘खेल क्षेत्रको विकासका लागि स्थानीय पालिकाहरुमा सुविधासम्पन्न खेल मैदान हुन आवश्यक छ। गोदावरी नगरपालिकाले यसको प्रयास गरेकोमा खुशी लागेको छ। खेल मैदानको संरक्षण गर्न आवश्यक छ‚’ उनले भने,  ‘खेलको विकासका लागि प्रदेश र संघ सरकारको सहयोग पनि अपरिहार्य छ। खेल मैदानलाई थप व्यवस्थित बनाउन व्यक्तिगत रुपमा पनि प्रतिवद्धता व्यक्त गर्छु।’

देउवाले समुन्नत नेपाल सबैको सपना भएको र समुन्नत नेपालको सपना पूरा गर्न सबै क्रियाशिल हुन जरुरी रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.