|

काठमाडौं : मकवानपुरको बकैया गाउँपालिकाले मंगलबार बिदा दिएको छ। कार्यालयमा कार्यरत कर्मचारी भीमसेन बजगाईँको निधनमा गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेको हो।

प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले अत्यावश्यक बाहेक बकैया गाउँपालिकालगायत मातहतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयमा मंगलबार शोक बिदा दिने निर्णय गरेको जनाए।

धरान-चतरा-हेटौँडा सडकको बकैया गाउँपालिका-५ स्थित तीनतले सडक खण्डमा गत शुक्रबार बा २ ख ६९४३ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश २-०३-०२१ प ६६१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक बकैया ५ को भडौराका ३५ वर्षीय बजगाईँ घाइते भएका थिए। 

हेटौँडाको चुरेहिल अस्पतालमा आइतबार राति उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.